२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

मदिरा सेवनको कारण दुईको मृत्यु


३७७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रामा मदिरा सेवन गरेको प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्थले जानकारी दिए ।

    उनका अनुसार इस्मा गाउँपालिकामा पनि मदिरा सेवन गर्ने अर्का पुरुष मृत फेला परेका छन् । वडा नम्बर २ पालुखाका ३१ वर्षीय चुराबहादुर कुँवर मृत फेला परेका हुन् । उनको हृदयघातबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
    गत राति नै जिल्लाको चन्द्रकोट गाउँपालिकामा तीज गीत नाच चलिरहेको बेला दुई युवा समूहबीच कुटपीटको घटना घटेको छ । चन्द्रकोट–५ स्थित रविन पुनले मदिरा सेवन गरी १७ वर्षीय आकाश पुनलाई दाउरो प्रहार गरि गम्भीर घाइते बनाएको डिएसपी पन्थीले बताए ।प्रहरीले कुटपिट गर्ने पुनलाइ नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार