२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा एकैदिन ३५ लाई कोरोन पुष्टि


२५२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • ७ भदौ, काठमाडौं । बनेपाको स्पाइनल इन्जुरी अस्पतालमा २३ जना सहित काभ्रेमा एकै दिन ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार स्पाइनल इन्जुरी अस्पतालमा २३ जना र धुलिखेल अस्पतालमा १० जना र धुलिखेलका स्थानीय दुई जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी सबैको शनिबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । झाका अनुसार योसँगै काभ्रेपलाञ्चोकमा संक्रमितको संख्या १३९ पुगेको छ ।

    बनेपा नगरपालिका–१३ मा रहेको स्पाइनल इन्जुरी अस्पतालमा संक्रमण देखिएकामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राही समेत रहेको अस्पतालका निर्देशक हरि अधिकारीले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये नौ जना अस्पतालका सेवाग्राही हुन् भने बाँकी अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मी हुन् ।

    उता स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि स्पाइनल इन्जुरी अस्पतालका निर्देशकसहित कर्मचारी एवं स्वास्थ्यकर्मीहरू होम क्वारेन्टिनमा गएको अधिकारीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार