८ भदौ २०७७
काभ्रे। काभ्रे जिल्लामा आज (सोमबार) ५ जनालाई कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालका ३ कर्मचारी, बनेपा नगरपा नगरपालिका वडा नं ९ का ३२ पुरुष र पनौती नगरपालिका वडा नं ४ का ९ बर्षिय बालकरहेका छन् ।
कोरोनाको प्रकोप फैलिएदेखि काभ्रेमा समाचार तयार पारुन्जेल सम्म १४५ जनालाई कोरोना पुष्टि भएको छ । जसमध्य पाँचखालकी एक महिला र धुलिखेलको एक पुरुष गरी २ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमित मध्य ६२ जनाको उपचार भई घर फर्किएका छन् भने ८ १ जना बिभिन्न अस्पतालमा उपचार गर्दै गरेको डा. नरेन्द्र कुमार झाले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस