२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

प्रहरीको गोली लागेर एक जनाको मृत्यु


८६७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • १० भदौ, काठमाडौं । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो ।

    प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । गोरु काटेको अभियोगमा पक्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

    २ सय भन्दा बढीको भीडले प्रहरीलाई आक्रमण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फायर गरेको जनाएको थियो । तर गोली लागेर एक जनाको मृत्यु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार