काठमाडौँ — कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने महिलामा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया रहेका छन् ।
प्रतिक्रिया दिनुहोस