आई.आर.के.मैनाली
११ भाद्र २०७७
काभ्रे । काभ्रेमा आज सम्म १९० जनालाई कोरोना संक्रमण भएको छ, संक्रमित मध्य २ को मृत्यु भएको छ । ६९ जना उपचार पश्चात घर फर्किएका छन् भने ११९ जनाको बिभिन्न अस्पतालमा उपचार हुदै छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झा का अनुसार हिजो भाद्र १० गते २३ जनालाई कोरोना पुष्टि भएको थियो जसमा बनेपा नगरपालिका वडा नं १३ का ६ जना महिला र ४ जना पुरुष, धुलिखेल नपाका १ पुरुष, इस्पाइनल इञ्जुरी अस्पतालका ६ पुरुष र ६ जना महिला लाई कोरोना पुष्टि भएको थियो ।
त्यसैगरी आज ११ गते (बिहिबार) चार जनामा कोरोना पुष्टि भएको छ । जसमा बनेपा नगरपालिका बस्ने ५३ बर्षको पुरुष, तेमाल गाउंपालिकाका ३७ बर्षिय महिला, पनौती नगरपालिका का ३४ बर्षिय महिला र धुलिखेल नगरपालिकाका ३ बर्षिय बालिका रहेका छन् । हिजो र आज समाचार तयार पार्दाको अवस्था सम्म काभ्रेमा २७ लाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस