२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

संरक्षणको अभावमा कवाडी बन्यो डोजर


२२७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • रमन वन खोटाङ,

    खोटाङमा २२ वर्षअघि खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको छ। उदयपुरको कटारी–घुर्मी–ओखलढुंगा सडक खण्डको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माणका लागि तत्कालिन ७६ गाबिसको लगानीमा २०५५ सालमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो।

    डोजर हाल खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाट मध्यपहाडी लोकमार्ग भन्दा मुनि दुधकोसी किनारमा (ओखलढुंगातर्फ) अलपत्र अवस्थामा रहेको जनाइएको छ।

    कटारीबाट ओखलढुंगादेखि सोलुखुम्बु जोड्नेगरी सडक निर्माण सुरु गरिएपछि खोटाङका तत्कालिन सांसद टंक राईले हिलेपानीबाट दिक्तेल जोड्नेगरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सारेपछि तत्कालिन जिविसमार्फत डोजर खरिद गरिएको थियो।

    प्रतिगाबिस एक लाखका दरले संकलन गरिएको रकममध्ये ४२ लाखमा डोजर खरिद गरिएको थियो। अन्य रकमबाट एउटा ट्याक्टर खरिद गरिए पनि हाल ट्याक्टरको अत्तोपत्तो नभएको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार