धुलिखेल । काभ्रे जिल्लाका धुलिखेल सामुदायिक अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनको आज शनिबार बिहान ६ बजे मृत्यु भएको मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारका अनुसार मृत्यु हुनेमा महोत्तरी बर्दिबासका ७५ वर्षीय पुरुष रहेका छन् ।
उनी १८ दिन अगाडि सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएको डा. ताम्राकारले जानकारी दिए । अस्पतालका अनुसार उनको दुई हप्ता अगाडि पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। उनी दम र रक्तचापका बिरामी थिए।
प्रतिक्रिया दिनुहोस