२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

जङ्गलि साग खाँदा पाँच बेहोस


२२६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २३ भदौ, सुर्खेत । उपल्लो डोल्पामा जङ्गली साग (जोक) खाँदा जाजरकोटका पाँचजना बेहोस भएका छन् ।

    शे-फोक्सुण्डो गाउँपालिका-१ मा रहेको निजाल गुम्बा पुनर्निर्माणका लागि गएका उनीहरु साग खाएपछि बेहोस भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिइन ।

    सहायक प्रजिअ शर्माका अनुसार उनीहरुले सोमबार बेलुकीको खानामा गुम्बा वरिपरि पाइने जंगली साग पकाएर खाए लगत्तै सबैजना बेहोस भएका थिए ।

    बिरामी पर्नेमा नलगाड नगरपालिका-५ का ३६ विष्णु कोसारी, ३८ वर्षीय टेकबहादुर वली, १९ वर्षीय नरेन्द्र वली, वडानम्बर-४ का १८ वर्षी अजय वली र वडानम्बर-८ का ३३ वर्षीय शिवराज केसी रहेका छन् ।

    स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्न नसकेपछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको सहायक प्रजिअ शर्माले बताइन् । उनीहरुलाई उपचारका लागि बाँके लैजाने तयारी गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार