२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

पाँचखालमा कुकुरको बन्ध्याकरण


२७८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले पाँचखाल नगरपालिका भित्रका सामुदायिक (भुस्याहा) कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ ।
    नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर(नार्क) सँगको सहकार्यमा बन्ध्याकरण अभियान चञ्चालन गरिएको हो । विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले हिजो मङगलबार मात्रै २० वटा कुकुरको बन्ध्याकरण गरेको थियो ।  पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमका अनुसार अभियानमा नगरभित्रका करिब ७५ देखि ८० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने बताउनुभयो।

    यही असोज १२ गते सम्म सञ्चालन हुने यस अभियानमा रेबिज विरुद्धको खोप पनि दिने नगर प्रमुख महेश खरेलले बताउनुभयो । नगरभित्र सडकमा भएको कुकुरले रेविज रोग फैलाउन सक्ने तथा विभिन्न दुर्घटना गराउन सक्ने भएकाले अत्यन्तै गम्भीरताका साथ यो अभियान थालनी गरेको नगर प्रमुख खरेलको भनाई छ । नगरभर छाडा छोडिएका कुकुरलाई सङ्कलन गरी बन्ध्याकरण तथा रेविज विरुद्धको भाक्सिनेसन भइरहेको छ  ।

    ‘रेबिजको अन्त्य सहकार्य र भ्याक्सिनेसन’ नारासहित मङ्गलबारदेखि एक सातासम्म रेबिज विरुद्धको निःशुल्क खोप लगाउन अभियान शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार