२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

वडा कार्यालय द्धारा विद्यालयलाई २ लाख बराबरको सामाग्री प्रदान


३२४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • रमन वन

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ४ विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्यकासाथ वडा कार्यालयले चार वटा प्राबिलाई एक वटा ल्यापटप र एक वटा प्रिन्टर प्रदान गरेको हो ।

    गत वर्ष वडामा रहेका सावित्रा मावि वाम्राङ र आधारभुत विद्यालय सुर्केडाँडालाई चार लाख बराबरको ल्यापटप, प्रिन्टर, प्रोजेक्टर लगायतका सामाग्री प्रदान गरेको वडाले यसपटक वषन्त पञ्चमी प्रावी (पिपलवोट) जनता प्रावि (रातापानी) सिद्धेश्वरी प्रावी (शङ्खु) र बालविकाश प्रावि सामातुङलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको हो ।

    वडा भित्रका विद्यालयमा कार्यरत प्रअ र शिक्षकलाई कम्यूटर सञ्चालन सम्वन्धी एक महिने आधारभुत तालिम दिएको केही समयपछि बाँकी रहेका प्राबिलाई दुई लाख मुल्य वराबरको ल्यापटप र प्रिन्टर प्रदान गरिएको वडाध्यक्ष ललितकुमार राईले हलेसी एफएमलाई जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार