२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

उद्यमविकासको लागि व्याज अनुदान दिने


२३०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे / रोशी गाउँपालिकाले गाउँपालिका भित्र रोजगारी सिर्जना गर्न उद्यम विकासको लागिे सहुलियतपूर्ण ऋण परिचालन गर्न व्याज अनुदान उपलब्ध गराउने भएको छ ।

    रोशी गाउँपालिका र विन्धबासिनी वचत तथा ऋण सहकारी संस्था लि. काभ्रे बीच उक्त कार्यको लािग व्याज अनुदान कार्यक्रमको सम्झौता भएको हो । व्याज अनुदान कार्यक्रमबाट गाउँपालिका भित्रका कम्तिमा ६० जना यूवा उद्यमीहरु लाभान्वीत हुनेछन् । उद्यम गर्न चहाने यूवाहरुले सहकारी मार्फत सहुलियतपुर्ण व्याजमा प्रति घरधुरी ६ लाख ५० हजार सम्म ऋण प्राप्त गर्न सक्नेछ । उक्त ऋणको वार्षिक व्याजदर ११.५ प्रतिशत कायम हुने र सो को ५ प्रतिशत गाउँपालिकाले, १ प्रतिशत सहकारीले र ५.५ प्रतिशत सम्बन्धित व्यवसायीले व्यहोर्नु पर्ने जानकारी गाउँपालिका अध्यक्ष डि.वि. लामाले दिनुभयो ।

    कार्यक्रम स्थानीय स्तरमा रोजगारी सृजना गर्न र कृषि तथा उद्यम विकासको क्षेत्रमा यूवाहरुलाई आकर्षण गर्न ल्याएको नमुना परीक्षण कार्यक्रम भएकोले यसको परीक्षणको आधारमा आगामी दिनमा थप विस्तार गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत डम्बरु दहालले बताउनुभयो । उद्यम गर्न चहाने युवाहरुलाई वडा तथा गाउँपालिकाको सिफारिसमा उद्यमविकास परियोजनाको मुल्यांकन गरि सहकारीको ऋण परिचालन मापदण्ड अनुसार सहकारीले लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत दहालले जनाउनु भयो । सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष डिवि लामा र सहकारी संस्थाको अध्यक्ष प्रदीप थापाबीच आजै हस्ताक्षर भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार