२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

बैकिङ्ग कसूर मुद्दामा करोडौ जरिवाना तीन बर्ष जेल


२७५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । बैकिङ्ग कसुर मुद्धामा करोडौको जरिवाना सहित तीन बर्ष जेल सजायको फैसला हुनासाथ फरार अभियुक्तहरुलाई काभ्रे प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रकृया अघि बढाएको छ ।

    फैसला कार्यन्वयनको सिलसिलामा नेपाल राष्ट्र बैंकको पत्रले वादी नेपाल सरकार प्रतिवादी का.प.जि. बनेपा न.पा. वडा नं. ४ श्रीखण्डपुर बस्ने वर्ष ५६ की जयन्ती के.सी. समेत भएको छुट्टाछुट्टै बैकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७१।०१।२९ गतेको फैसलाले रु.९,४७,९२,११६।७८ (नौ करोड सर्टचालिस लाख बयानब्बे हजार एक सय सोह्र रुपैया अठ्हत्तर पैसा) जरिवाना र ३ वर्ष कैद तथा रु. २,३५,००,०००। (दुई करोड पैतिस लाख)जरिवाना र ३ वर्ष कैद गरी जम्मा ११,८२,९२,११६र७८ (एघार करोड बयासी लाख बयानब्बे हजार एक सय सोह्र रुपैया अठ्हत्तर पैसा) जरिवाना र ३।३ वर्ष कैद सजाँय हुने ठहर भई फरार रहेकोमा अशोज ८ गते ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार