९ असोज २०७७
धुलिखेल । काभ्रेमा आज (शुक्रबार) १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ८ पुरुष र ३ महिला, धुलिखेल नगरपालिकाका १ पुरुष रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ५ सय ८२ पुगेको छ । जसमा महिला १ सय ९९ जना र पुरुष ३ सय ८३ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा ३ सय ८१ रहेका छन् । जसमा महिला १ सय ४६ जना र पुरुष २ सय ३५ जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ९५ जना रहेका छन् । जसमा महिला ४७ जना र पुरुष १११ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय २९ जना अस्पतालको आइसोलेशनमा र ६६ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरि हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा १६ पुरुष र ४ महिला र होम आइसोलेशनमा ३ महिला र २ पुरुष गरी २५ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ४ पुरुष र ५ महिला गरी ९ जनाको मृत्यु भएको छ भने जसमध्य २ पुरुष र १ महिला अन्य जिल्लाका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस