२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त


२२७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • रमन वन सोलुखुम्बु

    दूधकोशी–२ जलेश्वर ७० मेगावाट विद्युत् उत्पादनका लागि दूधकोशी हाइड्रो पावर नेपालले अनुमति पत्र प्राप्त गरेको छ ।

    हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको हो ।

    यसअघि सो गाउपालिकामा ड्याम बनाइ सुरुङमार्गबाट छिमेकी जिल्ला खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित जलेश्वरीमा विद्युत गृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमान सहित प्रक्रिया अगाडि बढाइएको थियो ।

    करिब रु १४ अर्ब लगानीमा सम्पन्न हुने नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिकाको वडा नं।४ को खन्याखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिनुभयो ।

    यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पु¥याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्याखर्कमा निर्माण हुने विद्युत् गृहमा पु¥याइने छ ।

    जसका कारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ । आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने जनाइएको छ ।

    त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत जल तथा ऊर्जा मन्त्रालयमा सहमतिको लागि पठाइ सकिएकोले ऊर्जा मन्त्रालयको आवश्यक अध्ययन पश्चात वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुने वित्तिकै निर्माणको काम शुरु गरिने अधिकृत खनालको भनाइ छ ।

    यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायत काम शुरु हुने कम्पनीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार