काभ्रे । आज (शनिबार) काभ्रे जिल्लामा २६ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ५ पुरुष ३ महिला, पनौती नगरपालिकाबाट १ महिला, नमोबुद्ध नगरपालिका बाट १ पुरुष, १ महिला, बनेपा नगरपालिकाबाट ७ पुरुष ५ महिला, पाँचखाल नगरपालिकाबाट १ पुरुष १ महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ पुरुष र चौरिदेउराली गाउंपालिकाबाट १ पुरुष गरी २६ जनालाई कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस