२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

३० प्रतिशत छुट सहित जिपलाइन पुनः संचालन


२२४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • शुसिलराज गिरी
    काभ्रे । कोभिड १९ कोरोना कारण बिगत छ महिना देखि बन्द भएको धुलिखेल बाट पाँचखाल जिपलाईन आज (असोज १७ गते) देखि सुरु भएको छ ।
    कोरोनाले बाह्य पर्यटक लाई आकर्षक गर्न नसकेको र आन्तरिक पर्यटक लाई लामो समयको लकडाउनले निसासियको अबस्थामा नेपालीको माहान चाड बडा दशैको शुभकामना सहित फेस्टिभल अफर अन्तर्गत जिपलाइनको शुल्कमा ३० प्रतिशत छुट गरिएको जिपलाइनका संचालक वल्ड वाइड एड्भेन्चर प्रा.ली का अध्यक्ष केदार थापाले बताए ।

    कोभिड १९ का कारण सुरक्षा सावधानी अपनाउँदै कर्मचारीको एक एक हप्ताको सिफ्टमा काम गरिएको अध्यक्ष थापाले बताए । छुट सहित क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरी १ हजार ७ सय ५०, सुपरम्यान जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ४ सय ५० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार १ सय ५० कायम गरिएको थापाले जानकारी दिए ।

    जिपलाइन सँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको थापाले बताए । क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल २ सय रुपैयाँ कायम गरेको र टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ लाग्ने भएपनि हाल ३ सय रुपैयाँ कायम गरेको छ । साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि निःशुल्क प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए ।

    साहसिक खेल जिपलाईन २०७५ फागुनदेखि व्यवसायिक रुपमा धुलिखेलमा सुरु भएको थियो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। जिपलाइनसँगै ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको) रेस्टुरेन्ट पनि छ ।
    खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार