काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ५६ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट १२ महिला ५ पुरुष, पनौती नगरपालिकाबाट १ महिला १ पुरुष, पाँचखाल नगरपालिकाबाट २ पुरुष, मण्डन देउपुर नगरपालिका बाट १ पुरुष, नमोबुद्ध नगरपालिकाबाट १५ पुरुष ,३ महिला, भुम्लु गाउंपालिकाबाट १ पुरुष र बनेपा नगरपालिकाबाट १० पुरुष ५ महिला गरी ५६ जनालाई कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस