२३ असोज २०७७
धुलिखेल । कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालय काभ्रेले सबै सेवा अनिश्चिकालका लागि बन्द गरिएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नु परेको हो ।
कोरोना संक्रमित कर्मचारीसँगको प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले जनशक्ति अभाव भएकाले सेवा बन्द गरिएको डाक्टर झाले एक सूचना जारी गर्दै बताएका छन् ।
आजदेखि अर्को सूचना जारी नहुदाँसम्म कार्यालयको आन्तरिक काम मात्रै सञ्चालन हुने सूचनामा उल्लेखछ ।
प्रतिक्रिया दिनुहोस