२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

बन्चरो प्रहार गरी साथीको हत्या


२१९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • २९ असोज, विराटनगर । झापाको कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै साथीलाई पक्राउ गरेको छ ।

    शव भेटिएको करिब ८ घण्टापछि चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका– ७ का २२ वर्षीय टल्के भनिने रविन राजवंशीलाई पक्राउ गरेको हो ।

    बुधबार बिहान बाँसघारीमा चौधरीको शव फेला परेको थियो । प्रहरीले अनुसन्धानका क्रमममा राजवंशीको संलग्नता खुलेपछि पक्राउ गरेको हो ।

    प्रहरीले घटनाको अनुसन्धानका लागि संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट कुकुर पनि मगाएको थियो ।

    प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृतक चौधरी र राजवंशी साथीसाथी हुन् । दुबैजना लागूऔषध प्रयोगकर्ता हुन । सँगै बसेर लागूऔषध सेवन गर्ने क्रममा उनीहरुबीच विवाद भएको थियो ।

    मंगलबार राति चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजवंशीले पछाडिबाट बन्चरो प्रहार गरेका थिए । हत्या पछि शवलाई बाँसघारीमा राखेर उनी फरार भएका थिए । घटना भएको करिब ८ घण्टा पछि पक्राउ परेका राजवंशीले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार