काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ३७ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ४ पुरुष ४ महिला, पनौती नगरपालिकाबाट १ पुरुष १ महिला, पाँचखाल नगरपालिकाबाट १ पुरुष , मण्डनदेउपुर नगरपालिकाबाट ६ पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ पुरुष, चौरीदेउराली गाउंपालिकाबाट १ पुरुष र बनेपा नगरपालिकाबाट १० पुरुष ७ महिला गरी ३७ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस