२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

सहकारीको हितको लागि पुर्ण साथ दिन्छौं—दुलाल


३२४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले कृषकहरुको हितको खातिर निरन्तर कार्य गर्दै आएका सहकारीहरुको हितको खातिर आफ्नो व्यक्तिगत साथै वडाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको जनज्योती बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं साधारण सभाको आज (शुक्रबार) उद्घाटन गर्दै वडा अध्यक्ष दुलालले उक्त धारणा राख्नुभएको होे ।

    कार्यक्रमका प्रमुख अतिथि दुलालले कृषकहरुको हकहित साथै कृषकहरुलाई सहज ढंगबाट रासायनिक मल उपलब्ध साथै कृषकहरुलाई सहज र सरल तरिकाट कर्जा उपलब्ध गराएर खेती गर्न हौसला पुर्याउने जनज्योति सहकारीको लागि आफुले पुर्णरुपमा साथ सहयोग गराउने बताउनु भयो । सहकारीको कार्यसमिति साथै शेयर सदस्यहरुबिचमा भएको भावनात्मक संम्बन्धकै कारण सहकारीले उदाहरणिय कार्य गर्न सफल भएको बताउनु भयो ।
    कृषकहरुको हितको खातिर निस्पक्ष ढंगबाट समयमै रासायनिक मल उपलब्ध गराएर योगदान पुर्याउने साल्ट टे«डिङ्ग कर्पोरेशनलाई संस्थाले सम्मान गरेकोमा खुसि व्यक्त गर्दै राम्रा कार्य गर्नेलाई सम्मान गर्दै हौसला प्रदान गर्नु सकारात्मक भएको दुलालले बताउनु भयो । साल्ट टे«डिङ्ग कर्पोरेशन काभे्र शाखाका प्रमुख शुरेन्द्र अवालेले निश्पक्ष ढंगको व्यवहार गरी रासायनिक मल उपलब्ध गराएकोमा उहाँलाई सम्मान गर्नु अत्यन्त सकारात्मक भएको बताउनु भयो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष धर्मराज दनुवारले कोरोना भाईरसको महामारीलाई मध्यनजर राख्दै सरकारले जारी गरेको निर्देशनको आधारमा भिडभाड रहित ढंगबाट साधारण सभा सम्पन्न गर्नुपरेको बताउनु भयो । उहाँले थप्नुभयो संस्थामा आवद्ध शेयर सदस्यहरुको चाहना साथै सुझाबको आधारमा साधारण सभा हुनु भन्दा १० दिन अगाडीबाट उपस्थित पुस्तिकामा उपस्थिति गराएर साधारण सभा सम्पन्न गरेको बताउनु भयो । उहाँले गत बर्षमा संस्थाले गरेको प्रगती साथै आगामी बर्षमा गरीने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिब श्याम कुमार दनुवारले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार