काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा ४१ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट १४ महिला १४ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ पुरुष १ महिला, पनौती नगरपालिकाबाट १ पुरुष १ महिला, पाँचखाल नगरपालिकाबाट १ महिला रोशी गाउंपालिकाबाट १ पुरुष र धुलिखेल नगरपालिकाबाट २ महिला ३ पुरुष गरी ४१ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस