काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा ३१ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ८ महिला ७ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ४ पुरुष ३ महिला, बेथानचोक गाउंपालिकामा १ महिला, नमोबुद्ध नगरपालिकामा १ पुरुष र धुलिखेल नगरपालिकाबाट ५ महिला २ पुरुष गरी ३१ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस