काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ११० जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट २८ महिला २६ जना पूरुष, पनौती नगरपालिकाबाट ३ महिला ५ पुरुष, धुलिखेल नगरपालिकाबाट १४ महिला १२ पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ महिला ४ पुरुष, पाँचखाल नगरपालिकाबाट ५ पुरुष, बेथानचोक गाउंपालिकाबाट १ पुरुष, चौरीदेउराली गाउंपालिकाबाट १ पुरुष र खानिखोला गाउंपालिकाबाट १ पुरुष गरी ११० जनालाई कोरोना पुष्टि भएको छ ।
बनेपा नगरका ५६ बर्षिय पुरुषको बनेपा स्थित शिरमेमोरीयल अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस