काठमाण्डौ, १८ कात्तिक । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।
कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको गएराति निधन भएको हो । ६३ वर्षका उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनको आज अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।
२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य थिए । उनी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत थिए । उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । केसीका श्रीमती र तीन छोरा छन् ।
प्रतिक्रिया दिनुहोस