काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ५४ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ११ महिला १५ जना पूरुष, धुलिखेल नगरपालिकाबाट ७ महिला ४ पुरुष, पाँचखाल नगरपालिकामा ३ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालीकाबाट ४ पुरुष, नमोबुद्ध नगरपालिकामा २ पुरुष, पनौती नगरपालिकामा ५ पुरुष १ महिला र रोशी गाउंपालिकाबाट १ पुरुष गरी ५४ जनालाई कोरोना पुष्टि भएको छ ।
आजसम्म काभ्रेमा १८२९ जनामा कोरोना पोजेटिभ देखिएकोमा १२६४ जनालाई निको भएको छ । सक्रिय संक्रमित ५४२ जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस