२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

एवीसी एफ.एम.को बर्ष गाँठ मानव सेवामा


७५५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । गित संगित मनोरञ्जन खवरको साथी रेडियो एवीसी एफ.एम. ८९.८ मेगाहर्जको १४ औँ बर्ष गाँठको अवसरमा मानव सेवामा समरर्पित रहि मनाएको छ ।

    बर्ष गाँठ कार्यक्रममा मंगलबार मानव कल्याण समाज सेवा घर काभ्रे धुलिखेलका जेस्ठ नागरिक बालबालिकाहरुलाई खाध्य सामग्री तथा प्रेसर कुकर, पानी तताउने इलेक्ट्रीक जग वितरण गरेको छ । उक्त समारोहमा रेडियो एवीसी एफ.एम. ८९.७ मेगाहर्जकी निर्देषक उषादेवी मानन्धरले संस्थाको अध्यक्ष सुमित्रा चौलागाइलाई खाध्य सामग्री हस्तान्तरण गर्नुभयो ।

    रेडियोकी निर्देषक मानन्धरले सामुदायिक रेडियोहरुले सामाजिक उत्तरदायित्व अन्तरगत समाजमा चेतना फैलाउने कार्य गरेको उल्येख गर्दै समाज रुपान्तरणमा सहयोग पु¥याएको बताउनु भयो । निर्देषक मानन्धरले मानव कल्याण समाज काभ्रेको नेतृत्व कर्ता उर्जासिल उमेरकी महिला लगाएतको टिमले मानव सेवामा लागि पुण्य कार्य गरेकोमा धन्यवाद दिनुभयो । संस्थाकी सध्यक्ष सुमित्रा चौलागाइले अपाङ्ग, असाहय, मनोरोगी जेस्ठ नागरिकहरुको सेवा गर्न पाउँदा मननै आनन्दीत भएको उल्येख गर्नुभयो ।

    मानव जातिको सुखि र खुसिको लागि यस अभियानमा लागेको बताउँदै संस्थाकी अध्यक्ष चौलागाइ मानव कल्याण समाज सेवा घर भक्तपुर र काभ्रे गरी २ सय जनाको उद्वार गरी ७५ जनालाई परिवारमा बुझाएको र २१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । हाल सेवा घर धुलिखेलमा जेस्ठ नागरिक सहित १४ जना रहेका छन् ।

    कार्यक्रममा रेडियो एवीसीका स्टेशन म्यानेजर रमेश प्रसाद न्यौपानेले समाजमा भएका सबै खालका सामाजिक विभेदको अन्त्य, समाजमा देखिएका विकृति विसँगति विरुद्धमा चेतना पैmलाउन सामुदायिक रेडियोहरुले भूमिका खेलेको बताउनु भयो । स्टेशन म्यानेजर न्यौपानेले शुसासन, शान्ति, अमनचयन, कायम राख्न नीति, विधि, पद्धतीको लिक बाहिर गए सरकारको कमजोरी औलाउने खबरदारी गर्ने कार्य सञ्चार माध्यामले गरेको बताउनु भायो । संस्थाकी अध्यक्ष सुमित्रा चौलागाइको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गरियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार