२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

रासायनिक मल ल्याउन सम्झौता


३१३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ३, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ ।

    नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

    सम्झौता भएको तीन महिनाभित्र बल्क र कार्गो गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

    उनका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ ।

    यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिने मन्त्रालयवाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसमेत तयार भइरहेको जनाइएको छ ।

    नेपाल र बङ्गलादेश सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र (एमओयु) गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्सीय टोली बङ्गलादेश गएका थिए ।

    कृषि सामग्री कम्पनीले बङ्गलादेशबाट रासायनिक मल ढुवानी गर्न यसअघि नै संयुक्त अरब इमिरेट्स (युएइ) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट गरिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार