२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

ऐतिहासिक धरोहर, दुग्धेश्वर मन्दिर पुनर—निर्माण हुंदै


३८८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • आई.आर.के मैनाली
    पाँचखाल/ पाँचखालको ऐतिहासिक एवं पुरातात्वीक महत्व रहेको ९ सय बर्ष पुरानो पुरातात्वीक अभिलेख रहेको दुग्धेश्वर मन्दिरको पौरानीक तरिकाबाट पुनरनिर्माण हुने कार्यको सुरुवात भएको छ ।

    सो ऐतिहासिक मन्दिर पुनर—निर्माणको लागि पुरातत्व विभागबाट ३६ लाख बजेटको व्यवस्था भई पुनर—निर्माण कार्य सुरुभएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरी गिरीका अनुसार ऐतिहासिक धरोहरको रुपमा रहेको मन्दिरलाई संरक्षण गर्नको लागि ०७६/०७७ पुरातत्व विभागबाट १७ लाख बजेट व्यवस्था भई सतल निर्माण कार्य सम्पन्न भएको छ ।

    जिल्ला भू—संरक्षणबाट गल्छी नियन्त्रणको लागि उपलब्ध भएको ७ लाख ९६ हजारबाट मन्दिरको छेउमै रहेको खोल्छिहरुमा ८१ थान तारजाली राख्ने कार्य सुरुभई ७३ थान जालि राखि सकेको जसले गर्दा पहिरो तथा खोल्छी कटानबाट मन्दिरमा हुन सक्ने क्षतिबाट जोगाईएको छ । त्यसैगरी पाँचखाल नगरपालिकाले सो क्षेत्रलाई आन्तरिक तथा वाह्य पर्यटनको आकर्षण गराउने उद्देश्यले पिकनिक पार्क निर्माण गर्ने कार्यको थालनि गरेको छ । सोही अनुसार १० लाख बजेट विनियोजन गरीएकोमा ७ लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष गिरीले बताउनु भयो ।

    सो ऐतिहासिक दुग्धेश्वर महांदेव मन्दिर ९ सय बर्ष पुरानो मन्दिर हो । जतिवेला भगवान श्रीमहांदेव पत्नि सतिदेविले यज्ञकुण्डमा हाम फालेर आत्महत्या गर्नु भयो, आफ्नो पत्निले आत्महत्या गरेको पिडामा मृत आत्मालाई भगवान महांदेवले बोकेर पृथ्बिलोकमा भ्रमण गर्दै गर्दा हाल दुग्धेश्वर महांदेवको मन्दिर भएको स्थानमा आईपुग्दा मृत आत्माको स्तन पतन भएको र जसको कारण उहांको दुधको धारा बग्दा पोखरी समेत बनेको भन्ने उल्लेख भएको पाईन्छ । जुन पोखरी हाल पनि मन्दिरको अगाडीको दाया भागमा रही रहेको छ ।

    सो ऐतिहासिक एवं पुरातात्वीक महत्व रहेको स्थानमा लामो सयदेखि सामान्य मन्दिरको रुपमा महांदेवको मुर्तीलाई राखी पुजा आजा गर्दै आएपनि व्यवस्थित हुन सकेको थिएन । यति धेरै महत्व रहेको मन्दिरको संरक्षण गर्न आवश्यक महसुस गर्दै भेलाको आयोजना गरी दुग्धेश्वर मन्दिर संरक्षण तथा व्यवस्थापन समितिको पहिलो गठन २०६१ सालमा भएको थियो । बाजुराम गिरीको अध्यक्षतामा गठन भएको समितिले बिधान निर्माण गर्ने कार्यको साथै मन्दिर पुनर—निर्माण र सो स्थान सम्म जाने सडक निर्माण गर्ने कार्य गरेको थियो ।

    त्यसैगरी २०६३ को साधारण सभाबाट दोस्रो अध्यक्षको जिम्मेवारी रामहरी गिरीले सम्हाल्नु भएको थियो । अध्यक्ष गिरी भन्नुहुन्छ—“धेरै मन्दिरमा ताम्रापत्र शिलाखेख हुन्छ तर दुग्धेश्वरमा त्यस्तो खाले अभिलेख पाइन्न । ताम्रापत्र शिला लेख नभएकै कारण मंदिरको नाउमा रहेको गुठी जग्गाको अभिलेख स—प्रमाण नहुंदा व्यक्ति व्यक्तिले रैकर बनाउदै खादै गरेहोलान भन्ने लाग्छ” । नापिको समयमा महांदेव गुठिको नाममा जग्गा नपाउने मानिसको अभावले गर्दा गुठिमा परिणत हुन सकेन । त्यति मात्रै नभएर हाल महंदेव मंदिर रहेको स्थान नै बन क्षेत्रमा रहेकोले गर्दा पनि नापिमा कसैको ध्यान नपुगेको उहांको दुखेसो छ ।

    मंदिरको व्यवस्थापन गर्ने उद्देश्यले सप्ताहको आयोजना गरी २० लाख ४३ हजार रकम संकलन भएको थियो । सप्ताहबाट संकलित रकम मध्य ७ लाख सप्ताहको लागि खर्च भएको थियो । खर्च कटाएर बचेको रकमबाट मंदिरको हातामा ६४ शिबलिंग निर्माण भएको छ । पाँचखाल नगरमा रहेका इट्टा व्यवसायीहरुको नेतृत्व गर्दै व्यवसायी राजकुमार श्रेष्ठको अगुवाईमा नारायणको मन्दिर निर्माण गर्दा थप आकर्षक भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार