२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

ढुँगाले लागेर मजदुरको मृत्यु


२३०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष २१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २१ पुस, रसुवा । नाली निर्माणका क्रममा ढुँगाले लागेर एक मजदूरको मंगलबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयुल निवासी ४२ वर्षीय दमै थोक्रा छन् ।

    गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु मार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली निर्माण गर्ने क्रममा थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पन्ध्र–२० मजदुरले काम गरिरहेका अवस्थामा माथिबाट डोजरले पल्टाएको ढुँगा गुडेर तल पुग्दा थोक्राको टाउकोे थिचिन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइन्छ । अन्य कामदार भागेर बच्न सफल भएको अर्का कामदार बुद्धिबहादुर तामाङले जानकारी दिए ।

    ढुँगा पल्टाउने डोजर चालक सिन्धुपाल्चोक, जुगल –९ का २७ वर्षीय रवीन तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । पुर्ख्यौली थलोबाट मजदुरीका लागि १५ दिन अगाडि परिवारसहित धुञ्चेमा बसोबास सुरू गरेका थोक्राको आश्रित परिवारलाई यथेष्ट राहत उपलब्ध गराउन आफन्तले माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार