२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

काभ्रेको बिभिन्न स्थानमा बम विस्फोटन


३०१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • १० माघ २०७७
    काभ्रे। सरकारद्वारा प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहले काभ्रेको दुई ठाउँमा बम राखिएको छ । आफ्ना केन्द्रिय सचिवालय सदस्य कञ्चन लगायतका गिरफतारीको विरुद्ध आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा विप्लब समूहले बम विष्फोट गरेको हो ।

    सो समूहले जिल्लाको रोशी गाउँपालिका वडा नं. ८, नार्के स्थित विपी राजमार्गको बाँयाँ साइटमा राखिएको थियो भने बनेपा नगरपालिका वडा नं. ६, बुडोलमा राखिएको थियो ।

    नार्केमा राखिएको बम भने विष्फोट भएको छ भने बनेपामा राखिएको बम भने नेपाली सेना र प्रहरीको टोलीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार नार्केमा गाडीको टायर बाली त्यसमाथि ग्याँस सिलिण्डर राखेर पड्काएको छ । बिस्फोटबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

    यसैगरि बनेपाको बुडोलमा राखिएको बम भने पड्केन । विप्लब समूहले झोलामा कुकर कुकर राखिएको थियो । सो स्थानमा राखिएको बम डिस्पोज गर्न नं. १५ गण हेक्वा काभ्रेबाट सप्रनानि बोम बहादुर सारुको कमाण्डमा १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रनिको कमाण्डमा १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट लप्टन कपिल थापाको कमाण्डमा १० जनाको बम डिस्पोजल टिम खटिएका थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार