२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

काभ्रे अदालत परिसर बाट विप्लवका नेता पक्राऊ


३१०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ११ माघ २०७७
    काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित पार्टी नेकपा (विप्लब समूह)का केन्द्रिय सदस्य अनिल शर्मा (विरही)लाई १३ औं पटक पक्राउ गरेको छ । नेता विरहीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले साधारण तारेखमा रिहा गर्न आदेश दिनु वित्तिकै अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो ।

    अदालतको आदेश अवज्ञा गर्दै प्रहरीले अदालत परिसरबाटै गिरफ्तार विरहीलाई मोरङ जिल्ला तर्फ लगेको जानकारी प्राप्त भएको छ ।

    ढाडको मेरुदण्ड, सुगरलगायत आधा दर्जन रोगबाट ग्रस्त भएर चितवनको भरतपुर मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार गराइरहेको समयमा अदालतको आदेश अवज्ञा गर्दै नेता विरहीलाई गिरफ्तार गरेर १२ वटा जिल्ला घुमाइसकेको छ ।

    यस अघि विभिन्न झूट्टा मुद्दा लगाउँदै हिरासतमा राखिएका विरहीलाई भेट्न राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यसमेत रहेका मानवअधिकारकर्मी सुदीप पाठक नेतृत्वको टोली जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक हिरासत कक्षमा पुगेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार