२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

भिरवाट लडेर जनप्रतीनिधिको मृत्यु


२८२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ११ माघ, खोटाङ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुँयालको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुँयालको घटनास्थलमै मृत्यु भएको हो ।

    करिब ३०० मिटर तल खसेका वडासदस्य फुँयालको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुँयाँल धामी कामकै लागि मबु जानेक्रममा भिरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए ।

    फुँयाल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी भएका थिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार