२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पाँचखालको माटो सुधार्न विज्ञको सुझाव


४७५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • आई.आर.के.मैनाली

    पाँचखाल/कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरको खेती योग्य जमिनको माटो विग्रन नदिनको लागि पाँचखाल नगरले प्राथमिकताको साथ कार्यलाई अगाडी बढाएको छ ।

    नगरमा रहेको उर्वरा भूमिलाई विग्रन नदिने साथै केही मात्रामा विग्रीएको माटोलाई सुधार्नको लागी पहल सुरु गरिएको छ । प्रदेश सरकारबाट पाँचखल नगरपालिकाका लागि हस्तान्तरण भएको कार्यक्रम अन्तरगत चालु आ.व. २०७७/७८ को स्थानीय तहमा मिनिरडिजिटल माटो ल्याब स्थापना तथा परिक्षण कायक्रम अन्तरगत पाँचखाल नगरको १३ वटै वडामा माटो परिक्षण गर्ने कार्य सम्पन्न भएको पाँचखाल कृषि शाखा प्रमुख इश्वर अधिकारीले वताउनु भयो ।

    शाखा प्रमुख अधिकारीका अनुसार कृषि नगरीकोे रुपमा रहेको पाँचखाल नगरमा ब्याबसायिक रुपमा ताजा तरकारी बाह्रै महिना गर्ने भएको हुँदा नगरको उर्बरा भूमिलाई सुरक्षीत राख्ने उद्देश्यले माटो परिक्षणलाई प्राथमिकता दिएका हौं । उहाँले थप्नु भयो नियमित रुपमा व्यवसायीक ढंगबाट तरकारी खेती गरिने भएकोले केही हदमा माटो बिग्रीएको छ । ताजा तरकारी खेती गर्दा रोग कीराबाट जोगउन र धेरै उत्पादन लिन रासयनिक मल र विषादीको प्रयोग भैरहेको छ । जसले गर्दा माटोको अबस्था बिग्रेको बताउनु भयो ।

    नगरको वडा नं १ नं. देखि १३ नं. सम्म ८ सय ८३ माटोको नमूना परिक्षण यस गरिएको छ । माटोको परिक्षणको नतिजा अनुसार समग्रमा माटोको पि.एच. ४.० देखि ७.५ सम्म आएको छ । माटोको पि.एच. ६.० देखि ७.० भयो भने जुनसुकै वालीको लागि उपयुक्त मानिन्छ तर माटोको पि.एच. ६.० देखि तल र ७.० देखि माथि आएको अवस्था छ । अधिकाम्स माटोको पि.एच. ६.० देखि तल आएको हुँदा सिफारिसको मात्रामा कृषि चूनको प्रयोग गर्नु पर्ने भएको छ । माटोको पि.एच. ७.० देखि माथि आएकोमा जमिनमा जिप्सम प्रयोग गर्नुपर्ने भएको छ । माटोको पि.एच. को रिपोर्ट आधारमा नगरको कृषि शाखाले कृषि चूनको प्रयोग विधि र चूनको मात्रा सिफारिस गरेको छ ।

    नगर कृषि शाखाले गरेको सिफारिसको आधारमा कृषि चुन प्रयोग गर्दा उर्वरा भूमीको माटो विग्रनबाट जोगिने भएको छ । माटो परिक्षण गरी कृषकहरुलाई माटोको अवस्थाको बारेमा जानकारी गराउंदा कृषकहरु आफ्नो जग्गाको माटो सुरक्षीत गराउने तरखरमा जुटेका छन् । पाँचखालका कृषकले बार्षिक रुपमा सामान्यतया कम्तिमा ३ लाख सम्मको तरकारी बिक्रि गर्दै आएका छन् । आय आर्जको प्रमुख स्रोत कृषि पेशालाई मान्ने कृषकहरुले माटो सुधारको लागि नगरले चालेको कदमलाई सकारात्मक ढंगले लिएका छन् ।

     

    माटो परिक्षणको केही फोटो फिचरहरु

    यस्तो छ नगरको कृषि शाखाले जारी गरेको प्रतिवेदन

    प्रतिवेदन

    श्री मान प्रमुख प्रशासकीय अधिकृत ज्यु,
    पाँचखाल नगरपालिका,पाँचखाल
    विषयः( प्रगति प्रतिवेदन संवन्धमा ।

    प्रस्तुत विषयमा प्रदेश सरकारबाट पाँचखल नगरपालिकाका लागि हस्तान्तरण भएको कार्यक्रम अन्तरगत चालु आ.व. २०७७।०७८ को स्थानीय तहमा मिनिरडिजिटल माटो ल्याब स्थापना तथा परिक्षण कायक्रम संचालनको लागि सशर्त अनुदान तर्फको मोवायल माटो ल्याब परिक्षण पाँचखल नगरपालिका वडा नं. १ देखि वडा नं. १३ सम्म बिभिन्न मितिमा मोबायल माटो ल्याब कार्यक्रम संचालन गरिएको थियो ।

    २०७७ साल पौष १७ गतेका दिन पाँचखाल नगरपालिका वडा नं. १ मा उप प्रमुख श्री लक्ष्मी दनुवारर वडा अध्यक्ष श्री अष्ट बहादुर तामाङ्गको आतिथ्यमा माटो परिक्षण कार्यको उदघाटन गरि शुभारम्भ गरियो । उक्त दिन संकलन भएको माटोको नमूना परिक्षण गर्ने कार्य भयो । १ नं . वडामा नगरपालिकाबाट ४ जना प्राबिधिक कर्मचारी दिन भरी खटिनु भएको थियो ।दोश्रो दिन २०७७ साल पौष १९ गते पाँचखाल नगरपालिका वडा नं. २ मा माटो परिक्षण कार्य शुभारम्भ गर्दा पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिव प्रसाद हुमेगाईको आतिथ्यमा शुरु गरियो । सो दिन संकलन भएको माटोको नमूना परिक्षण गरिएको थियो । त्यस दिन पनि कृषि शाखाका ४ जना र वडाका २ जना उक्त कार्यमा दिन भरी खटिनु भएको थियो । मिति २०७७ साल पौष २० गते पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिव प्रसाद हुमेगाई र वडा अध्यक्ष श्री सुन्दर अधिकारीको संयुक्त आतिथ्यमा पाँचखाल नगरपालिका वडा नं. ३ मा माटो परिक्षण कार्य शुभारम्भ गरियो । उक्त दिन संकलन भएको माटोको नमूना परिक्षण गरिएको थयो । सो दिन पनि अन्य दिन जस्तै ५ जना प्राबिधिक कर्मचारी दिनभरी खटिनु भएको थियो । चौथो दिन अर्थात मिति २०७७ साल पौष २१ र २२ गते पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिव प्रसाद हुमेगाई र वडा नं. ४ का वडा अध्यक्ष श्री शुन्दर तामाङ्गको प्रमुख आतिथ्यमा माटो परिक्षण कार्य शुभारम्भ गरियो । सो दिन संकलन भएको माटोको नमूना परिक्षण गरिएको थियो ।

    पाचौं दिन मिति २०७७ साल पौष २३ गते पाँचखाल नगरपालिका वडा नं. ५ मा नगरका उप प्रमुख श्री लक्ष्मी दनुवार र वडा सदस्य श्री भोटु गिरीको आतिथ्यमा माटो परिक्षण कार्य शुभारम्भ भएको थियो।सो दिन संकलन भएको माटोको नमूना परिक्षण भएको थियो । छैठौं दिन मिति २०७७ साल पौष २४गते पाँचखाल नगरपालिका वडा नं. ६ तिनपिप्लेमा सोही वडाका वडा अध्यक्ष श्री राम शरण दुलालको आतिथ्यमा माटो परिक्षण कार्य शुभारम्भ गरिएको थियो । उक्त दिन संकलन भएको माटोको नमूना परक्षण गरिएको थियो । सो दिन कृषि शाखा तथा वडाका गरी ५ जना कर्मचारीहरु दिन भरी खटिनु भएको थियो । सातौं दिन मिति २०७७ साल पौष २५ गते पाँचखाल नगरपालिका वडा नं ७ श्रीराम पाटीमा पाँचखाल नगरपालिकाका उप प्रमुख श्री लक्ष्मी दनुवार सोही वडाका वडा अध्यक्ष श्री पुष्कर ढकाल ज्युको प्रमुख आतिथ्यमा माटो परिक्षण गर्ने कार्य शुभारम्भ गरिएको थियो । सो दिन माटोको संकलित माटोको नमूना परिक्षण गरिएको थियो । उक्त दिन कृषि शाखा र वडाका गरी ५ जना प्रर्विधिक कर्मचारीहरु दिन भरी खटिनु भएको थियो । आठौं दिन मिति २०७७ साल पौष २६ गतेका दिन पाँचखाल नगरपालिका वडा नं. ८ मा वडा अध्यक्ष श्री संजय तामाङ्गको प्रमुख आतिथ्यमा माटो परिक्षण कार्यको शुभारम्भ गरिएको थियो । उक्त दिन संकलित माटोकोनमूना परिक्षण गरिएको थियो । त्यस दिन कृषि शाखा र वडाका गरी ५ जना कर्मचारीहरु दिन भरि काममा खटिनु भएको थियो । नवौं दिन मिति २०७७ साल पौष २७ गते पाँचखाल नगरपालिका वडा नं. ९ मा पाँचखाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिव प्रसाद हुमेगाई र सोही वडाका वडा अध्यक्ष श्री किरण श्रेष्ठको प्रमुख आतिथ्यमा माटो परिक्षण गर्ने कार्य शुभारम्भ गरियो ।त्यस दिन संकलन भएको माटोको नमूना परिक्षण गरिएको थियो । उक्त दिन कृषि शाखाको र वडाको गरी ५ जना प्राविधिक कर्मचारीहरु दिन भरी खटिनु भएको थियो । दशौं दिन मिति २०७७ साल पौष २६ गते पाँचखाल नगरपालिका वडा नं. १० मा पाँचखाल नगरपालिकाका उप प्रमुख श्री लक्ष्मी दनुवार सोही वडाका वडा अध्यक्ष श्री नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा माटो परिक्षण कार्य शुभारम्भ गरिएको थियो । उक्त दिन संकलन भएको माटोको नमूना परिक्षण गरिएको थियो । त्यस दिन पनि कृषि शाखा र वडाका गरी ६ जना कर्मचारीहरु काममा दिन भरी खटिनु भएको थियो । एघारौं दिन मिति २०७७ साल पौष २७ गते पाँचखाल नगरपालिका वडा नं. ११ मा पाँचखाल नगरपालिकाका उप प्रमुख श्री लक्ष्मी दनुवार र वडा अध्यक्ष श्री शिवशरण लामाको प्रमुख आतिथ्यमा माटो परिक्षण कार्यको शुभारम्भ भएको थियो । सो दिन संकलन भएको माटोको नमूना परिक्षण भएको थियो । उक्त दिन ६ जना कर्मचारीहरु दिन भरी खटिनु भएको थियो। बाह्रौं दि मिति २०७७ साल पौष २८ र २९ गते दुई दिन पाँचखाल नगरपालिकाका उप प्रमुख श्री लक्ष्मी दनुवार र वडा नं. १२ मा वडा अध्यक्ष श्री गोपाल बहादुर दनुवारको प्रमुख आतिथ्यमा माटो परिक्षण कार्य शुभारम्भ गरिएको थियो । उक्त दिन संकलन भएको माटोको नमूना परिक्षण गरिएको थियो । सो दिन कृषि शाखा र वडाको गरी ६ जना कर्मचारी र वडा अध्यक्ष खटिनु भएको थयो । तेह्रौं दिन मिति २०७७ साल मा माघ ४ गते पाँचखाल नगरपालिका वडा नं.१३ मा पाँचखाल नगरपालिकाका उप प्रमुख श्री लक्ष्मी दनुवार र सोही वडाका वडा अध्यक्ष श्री शुकुविर तामाङ्गको प्रमुख आतिथ्यमा माटो परिक्षण कार्यको शुभारम्भ गरिएको थियो । सो दिन संकलन भएको माटोको नमूना परिक्षण भएको थियो । उक्त दिन ६ जना प्राविधिक कर्मचारीहरु दिनभरी काममा खटिनु भएको थियो ।

    पाँचखाल नगरपालिकामा ब्याबसायिक रुपमा ताजा तरकारी बाह्रै महिना गर्ने भएको हुँदा यस क्षेत्रको माटो बिग्रीएको अबस्था छ । यस पाँचखाल क्षेत्रमा ताजा तरकारी खेती गर्दा रोग कीराबाट जोगउन र धेरै उत्पादन लिन अत्यधिक मात्रामा रासयनिक मल र विषादीको प्रयोग भैरहेको छ । जसले गर्दा यस क्षेत्रको माटोको अबस्था बिग्रेको छ । यस क्षेत्रका कृषकहरुले वार्षिक प्रति परिवार करिव ३ लाख बराबरको तरकारी बिक्री बितरण गर्दछन् ।यस पाँचखाल नगरपालिकामा १ नं. देखि १३ नं. सम्म ८८३ वटा माटोको नमूना परिक्षण यस आ.व. २०७७ ÷०७८ मा गरिएको छ ।यस क्षेत्रको माटोको परिक्षणको नतिजा अनुसार समग्रमा माटोको पि.एच. ४.० देखि ७.५ सम्म आएको छ ।

    माटोको पि.एच. ६.० देखि ७.० भयो भने जुनसुकै वालीको लागि उपयुक्त मानिन्छ तर यहाँको माटोको पि.एच. ६.० देखि तल र ७.० देखि माथि आएको अवस्था छ । अधिकाम्स माटोको पि.एच. ६.० देखि तल आएको हुँदा सिफारिसको मात्रामा कृषि चूनको प्रयोग गर्नु पर्ने देखिन्छ । माटोको पि.एच. ७.० देखि माथि आएकोमा जिप्सम हाल्नु पर्ने देखिन्छ । माटोको पि.एच. को रिपोर्ट अनुसार कृषि चूनको प्रयोग विधि र चूनको मात्रा सिफारिस गरी पठाई सकिएको छ। सो सिफारिस अनुसार कृषकहरुलाइ कृषि चून खरिद गरी प्रयोग गर्नु पर्ने हुन्छ ।

    यस पाँचखाल नगरपालिकाको १ देखि १३ नं. वडा सम्मका कृषकहरुको माटो परिक्षण रीपोर्ट अनुसार कृषकहरुले सिफारिस मात्रा अनुसारको पाकेको गोठे मल र रासायनिक मल युरिया,डि.ए.पी.र पोटासको प्रयोग गर्नु पर्छ । अन्यथा प्रयोग नगरेमा माटो परिक्षणको कुनै अर्थ हुँदैन । त्यसैले सिफारिस बमोजिम कृषकहरुले कृषि चून,गोठे मलम ,रासायनिक मल र जिप्समको प्रयोग गर्नु पर्छ ।

    प्रतिवेदक
    रामेश्वर श्रेष्ठ

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार