धुलिखेल-सार्वजनीक सवारी साधनको माध्यमबाट लागु औषधको कारोवार गर्दै गरेका व्यक्तिलाई विपि राजमार्गमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज विहिबार दिउंसो ४ बजेको समयमा प्रहरीले सवारी साधन चेक जाँच गर्ने क्रममा ठुलो परिणामको लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।
प्रहरीका अनुसार रोशी गाँउपालिका वडा नं. ०९ बि.पि राजमार्ग सडक खण्डको मङगलटार बजारमा सवारी चेकजाँचमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा झापाबाट काठ्माण्डौ तर्फ जादै गरेको बा.४.ख २२६७ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रु जिल्ला सप्तरी सुरुङ्गा न.पा वडा नं. १० बस्ने बर्ष २२ को धर्मेन्द्र कुमार रामले बोकेको झोलाबाट लागु औषध फेला पारेको थियो । प्रहरीले धर्मेन्द्रको झोलामा Diazepam–२५० एम्पुल,PDk’n,Buprenorphine–२४० एम्पुल, Phenergan–२५५ एम्पुल जम्मा- ७४५ एम्पुल फेला पारेको थियो । प्रहरीले लागु औषधको कारोवारीलाई आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाएको छ ।
प्रतिक्रिया दिनुहोस