२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

पाँचखाल नगरको आठौ नगरसभा सम्पन्न, रातो किताबको योजना कनैपनि छुट्ने छैनः खरेल


३२१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १६, आईतबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे, पाँचखाल । पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले नगरको रातो कितावमा उल्लेख भएको योजनाहरु सवै कार्यान्वयन हुने बताउनु भयो । नगरमा घाटा बजेट रहेको भनेर आत्तिनु नपर्ने, योजनाहरु क्रमस सवै पुरा गरेरै छाड्ने ठोकुवा गर्नुभयो ।

    आज (आइतबार) सम्पन्न नगरको आठौ नगरसभामा प्रमुख खरेलले उक्त धारणा राख्नुभएको हो । पाँचखालमा धेरै विकास निर्माणका कार्यहरु गर्ने उद्देस्यका साथ बजेट बनाईयो गतबर्ष पनि १७ करोड घाटा बजेट थियो त्यसलाइ सहजढंगबाट व्यवस्थापन गरीयो । यस बर्ष ३२ करोड घाटा बजेट थियो ई—टेन्डर मार्फत विकास निर्माणको कार्य गराउंदा १२ करोड जोगिएको छ, जसले गर्दा घाटा बजेट घटेर २० करोडमा आएको छ, खरेलले भन्नुभयो ।

    कार्यक्रममा प्रमुख खरेलले कोरोनाको कारण राजश्व संकलनमा गिरावट साथै नगरको महत्वकांक्षी योजना (क्रसर उद्योग र बालुवा खानी) संञ्चालन गर्न दिने लक्ष थियो तर स्थानियसंग छलफल गर्ने कार्य नसकिएकोले सो महत्वकांक्षी योजना कार्यान्वयन हुन नसकेको बताउनु भयो । नगर कार्यपालिकाबाट छलफल गरी तयार गरेको उद्योग संञ्चालन गर्न दिने योजना सफल भएको भए १० करोट राजश्व संकलन हुने बताउनु भयो ।

    पाँचखाल नगरमा रहेका जनप्रतीनिहरु बिच अत्यन्त राम्रो संबन्ध साथै जनप्रतीनिधि र कर्मचारीहरुविच सुमधुर सम्बन्धको कारण कुनै पनि कार्यमा केहीपनि विवाद नरहेको बताउनु भयो । कुनैपनि विवाद नहुनाकै कारण पाँचखालको हितको लागि कार्य गर्न सहज भएको खरेलले बताउनु भयो । नगरको हितको खातिर कार्यपालिकामा छलफल गरी तयार गरेको बिधेयक जारी गरेको बताउनु भयो ।

    नगरसभामा खरेलले भन्नुभयो पाँचखालको कोट्याङका जनताले कालोपत्रे सडक हेर्न पाँचखाल आउनु नपरोस भन्ने उद्देश्यका साथ कोट्याङ जाने सडक कालो पत्रे गर्ने योजना बनाएको बताउनु भयो । हामी जनप्रतीनिधिहरु साशक नभई सेवक भएकोले नागरीकको दायित्व पुरा गरेका छौं, पाँचखालको पानीको समस्या समाधानको लागि बृहत खानेपानी योजना सफल जनप्रतीनिधिले राम्रो भुमिका निर्वाह गरेको छ, मेयर क्लबको गठन गरेर संकलित रकमले योजना छिटो सम्पन्न गर्न सहज भएको बताउनु भयो ।

    नगरसभामा नगरका उपप्रमुख लक्ष्मी दनुवारले नगरबाट भएका बिभिन्न कार्यको समिक्षा प्रस्तुत गर्नुभएको थियो । भने सभाले आर्थिक बिधेयक, मदिरा नियमन तथा व्यवस्थापन बिधेयक, संस्था दर्ता तथा नियमन सम्बन्धि बिधेयक साथै कृषि निति पारीत गरेको थियो ।

    पाँचखाल नगरपालीका कार्यालयका शाखा अधिकृत राजेश बञ्जाराबाट सञ्चालीत उक्त नगरसभामा नगरपालिकाका प्रबक्ता एवं वडा नं ८ का वडा अध्यक्ष शंजय तामाङ, पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा समेतले आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार