२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

पाँचखालमा ४३१ लाई कोरोना विरुद्धको खोप


२५६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन २३, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज पाँचखालमा ६५ बर्ष उमेर पुगेका नगरवासिहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।

    पाँचखाल नगर स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारीका अनुसार पाँचखाल नगरको पाँचखाल प्राथमिक स्वस्थ्य केन्द्र र देवभूमी बालुवा स्वास्थ्य चौकी गरी २ स्थानबाट खोप दिईएको थियो । जसमा महिला २२२ र पुरुष २०९ जनाले खोप लगाएका थिए ।

    पाँचखाल नगर वडा नंं ३,४,५ र ६ मा गरी महिला १०९ र पुरुष १२३, वडा नं १० मा महिला ४९ पुरुष ४७ र वडा नं १२ माहिला ६४ पुरुष ३९ रहेका थिए ।
    नगरका मेयर महेश खरेलको उपस्थितिमा खोपको सुरुवात भएको थियो । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गर्न मेयर खरेल, नगरपालिका कार्यालयका पूमुख प्रसाशकिय अधिकृत शिवप्रसाद हुमेगाई, शाखा अधिकृत राजेश वञ्जारा, नगर स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारी समेतको टोलीले अनुगमन गर्नुभएको थियो ।

    दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइएको छ । यसपटक करिब १६ लाखले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार