आइ.आर.के.मैनाली
काभ्रे । काठमाडौ बालाजुमा रहेको ईञ्जिनियरिङ्ग तालिम केन्द्रले १ लाख १५ हजारमा दिदै आएको तालिम काभ्रेको पाँचखालका ४० जनालाई पेशागत प्लम्बर तालीम निःशुल्क उपलब्ध गराउंदै आएको छ ।
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद, दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको आयोजनामा युनाईटेड इन्टरप्राईजेज एण्ड टे«निङ्ग सेन्टरले तालिम दिइरहेको छ । १६२६ घण्टे (१० महिने) तालिममा पाँचखालमा महिला तथा पुरुषहरुको सहभागिता रहेको छ । तालिमलाई व्यवस्थित ढंगबाट सञ्चालनको लागि चार जना प्रशिक्षकको व्यवस्था गरी दुई समुहमा (विहान ६ बजे देखि १२ बजे सम्म र दिउंसो १२ बजे देखि साँझ ६ बजे सम्म) बिभाजन गरीएको छ ।
तालिमको बारेमा जनप्रतीनिधिहरु, समाजसेविहरु, स्थानियहरुले निकै चासो दिदै तालिम प्रदान गर्दै गरेको स्थलमा अनुगमन गर्ने गरेको छ । तालिम अनुगमन गर्ने क्रममा पाँचखाल सुनकोशी बृहत खानेपानी आयोजनाका अध्यक्ष एवं समाजसेवी कुमार लामिछानेले तालिमबाट उत्पादन भएका दक्ष जनशक्तीलाई व्यवस्था गर्ने बताउनु भयो । उहाँले थप्नुभयो—“बृहत शुनकोसी खानेपानी आयोजनाको लागि मिटर रिडर र प्लम्बर गरी ६० जनाको आवश्यक हुन्छ, हामीले दक्षताको आधारमा रोजगारी दिन्छौं, तालिमबाट ४० जनामात्रै उत्पादन हुन्छ, विगतमा पनि तालिमहरु भएका छन्, दक्ष जनशक्तिको छनोट गरी रोजगारी दिन्छौ, त्यसैले अत्यन्त मिहनतका साथ तालिम लिन जरुरी रहन्छ ।”
युनाईटेड इन्टरप्राईजेज एण्ड टे«निङ्ग सेन्टरका तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले तालिम अनुगमन कर्ताहरुसंगको भेटमा भन्नुभयो—“ युनाईटेड इन्टरप्राईजेज एण्ड टे«निङ्ग सेन्टरले विगत लामो समयदेखि काभ्रे जिल्लामा रहेका वेरोजगार महिला तथा पुरुषलाई बिभिन्न खाले तालिमहरु प्रदान गर्दै दक्ष बनाउने काम गरेका छौं, तालिमबाट उत्पादन भएका जनशक्ति बेरोजगार बस्नु परेको अवस्था छैन । ” हाल पाँचखालमा ४० जनालाई निःशुक्ल प्लम्वर तालिम दिदै आएका छौं, सहभागिहरुलाई ६ महिना सम्म थेउरिकल बिधि सिकाउंदै आएका छौं, ३ महिना फिल्डमा लगेर ओजेटी गराउंछौं र दक्ष जनशक्ति उत्पादन गराउंछौं ।
” तालिम सम्पन्न भएपश्चात राष्ट्रिय सीप परिक्षा समितिले परिक्षा लिन्छ, परिक्षामा उत्रिर्ण हुनेले ले तह २ को प्रमाणपत्र पाउने तालिम संयोजक सापकोटाले बताउनु भयो । सापकोटाले थप्नुभयो यस्तोखाले तालिम लिन बालाजुमा रहेको ईञ्जिनियरिङ्ग तालिम केन्द्रले १ लाख १५ हजार शुल्क लाग्छ, तर हामीले निःशुल्क रुपमा तालिम प्रदान गर्नाको साथै सहभागिहरुलाई खाजाको व्यवस्था समेत गरेका छौं ।
युनाईटेड इन्टरप्राईजेज एण्ड टे«निङ्ग सेन्टरले विगत लामो समयदेखि बिशेष गरेर काभ्रेका बेरोजगार युवा युवतिहरुलाई बिभिन्न खाले तालिम प्रदान गर्दै आएको छ । जसका कारण सिप हासिल गरेका युवा युवतिहरुले रोजगारी हासिल गरेका छन् । तालिमबाट दक्षता हासिल गरेकाहरुले संञ्चारकर्मीहरुको भेटमा बताउनु भयो—“युनाईटेड इन्टरप्राईजेज एण्ड टे«निङ्ग सेन्टरले गर्दा आफ्नो भविस्य सुनौलो रहेको छ ।”
प्रतिक्रिया दिनुहोस