२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

अध्यक्ष र महासचिवबाहेक एमालेका पदाधिकारी खारेज


२३८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — सत्तारुढ नेकपा एमालेको पदाधिकारी खारेज गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमात्रै सहभागी भएको शुक्रबारको केन्द्रीय कमिटी बैठकले एमालेका पदाधिकारीलाई खारेज गरेको र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको जानकारी प्राप्त भएको छ ।

    एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए ।भण्डारी राष्ट्रपति छन् भने अन्य उपाध्यक्षहरू माधवकुमार नेपाल निकटका रहेका छन् । त्यस्तै, नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षमा छन् भने पौडेल ओलीको पक्षमा छन् ।

    सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए । एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई ओली पक्षले खारेज गरेर अगाडि बढेको हो ।

    ‘आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय भएकाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाइएको हो,’ अधिकारीले भने ।माधवकुमार नेपाल पक्ष सहभागी नरहेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार