२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

ससुराली जान मन्त्रीले हेलिकप्टर चार्टर गरे


४९९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् ।
    शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।

    ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ ।.

    उनले त्यहाँ आफूहरु पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेको भन्दै गाउँमा सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेकाले त्यसमा आफूहरुको ध्यानाकर्षण भएको बताएकी छिन् । ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ ।  किनकी त्यहाँ सडक, बिद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ’, शेर्पाले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ ! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार