२०८१ कार्तिक १६, शुक्रबार | Fri, 01, Nov, 2024

एक सिलिन्डर ग्यासको मुल्य आठ हजार तोकीयो


२६८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता  बाध्य छन् ।

    जिल्लाका दक्षिणी  क्षेत्रका  तीनवटा  गाउँपालिका  राष्ट्रिय  सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा  ग्यास  सिलिन्डरको मूल्य आठ  हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको  मूल्य  प्रतिसिलिन्डर  १४  हजार  थिया ।

    करिब ४० प्रतिशत मूल्य घटेपछि  ग्यास प्रयोग गर्न थालिएको उनले बताए ।  मूल्य घटेपछि  हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार