२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

चिट चोराउने ५ जना प्रहरी फन्दामा


२५४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ६ चैत, जनकपुरधाम । सीटीईभीटीको परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा जनकपुरधामबाट प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ ।

    जनकपुरधामस्थित एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको थियो । सोही अनुसन्धानको आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट पाँच जना फोटोकपी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

    उनका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-३ का रोहित गुप्ता, मनोज श्रेष्ठ, वडा नम्बर-४ का विजयकुमार साह, वडा नम्बर-५ का कौशलकिशोर साह र जयकुमार साह छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रबक्ता मिश्रले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार