२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

पाँचखालका कृषकलाइ प्राँङ्गारिक कृषि तालिम


२८१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ११, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरका कृषकहरुलाई प्राँङ्गारिक कृषि तालिम प्रदान गरीएको छ ।

    झण्डै ३० बर्ष अगाडीबाट पाँचखाल र आसपासको स्थानमा वातावरणिय क्षेत्रका साथै विकास निर्माणको कार्यमा समेत सकृय भुमिका निर्वाह गर्दै आएका लवग्रीन नेपालले पाँचखाल नगरपालिका वडा नं. १ चापागाँउका ३३ जना कृषकहरुलाई प्रारम्भिक रुपमा चैत्र ८ देखि ११ गतेसम्म ३ दिने प्राँङ्गारिक कृषि तालिम दिईएको हो ।

    त्यस क्षेत्रमा कृषकहरुले प्राय आलु, गोलभेडा लगायतका मौसमी साथै बेमौसमी तरकारी खेती, अन्नबाली (मकै, धान, कोदो, फापर) र मशलाबाली (अदुवा, बेसार खेति,प्याज, लसुन) आदि लगाउने गरेका छन् । यो क्षेत्र समुद्री सतह देखि १२०० देखि १३५० मीटरको उचाई पर्ने र जग्गा उत्तर, पूर्व फर्केको हुनाले यहाँको उत्पादकत्व राम्रो रहेको छ ।

    अन्य क्षेत्रको तुलनामा रासायनिक मल र विषादी न्यून प्रयोग हुन्छ । यस क्षेत्रको कृषि उत्पादनलाई विषादी रहित गराई विस्तारै प्राँङ्गारिक उत्पादनतर्फ लैजान सके यहाँका किसानले मनग्य आय आर्जन गर्न सक्छन् । हाल बजारमा प्राँङ्गारिक कृषिउ त्पादनको माग बढ्दै गएको हुनाले संस्थाले यस क्षेत्रलाई छानी तालिम संचालन गरेको हो ।

    यस क्षेत्रको माथिल्लो र तल्लो क्षेत्रमा गरी हालसम्म १४३ जना किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम.) तालिम, पशुपालन व्यवस्थापन तालिम, स्वस्थ दुध उत्पादन जस्ता तालिम दिईएको छ । प्राँङ्गारिक कृषितालिमको सहजिकरण लवग्रीन नेपालका वरिष्ठ कृषि अकिृत रमेशनाथ रेग्मी, कृषि अधिकृत नरेन्द्र महर्जन तथा अनुभवी आई.पि.एम.सहजकर्ताहरुले गरेका थिए । तालिम पूर्व सहजकर्ताहरुलाई हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रमा प्राँङ्गारिक कृषि सम्बन्धी ५ दिने पूर्नताजगि तालिम दिईएको थियो ।

    तालिमको अन्तिम दिन सहभागीहरु लाई ४ वटा समुहमा विभाजन गरी प्राँङ्गारिक कृषि उत्पादनका लागि वार्षिक कार्ययोजना बनाईएको छ । उक्त समुहहरुले आफ्नो उत्पादनलाई सहभागितात्मक प्रमाणीकरण (ParticipatoryGuarantee System-PGS)गर्ने छन् ।

    उक्त तालिमको अन्तिमदिन सहभागी मन माया तामाङले तालिम व्यवहारिक र आवश्यक भएकोले अझै समय थपगर्न मागगर्नू भयो । समापन गर्दै लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले कर्म शिल तामाङ समुदायको बाहुल्य रहेको यो क्षेत्र भौगोलिक र उर्भरा शक्तिको दृष्टिकोणले प्राँङ्गारिक कृषि उत्पादन गर्नका लागि उपयुक्त रहेको बताउनु भयो ।

    उहाँले तालिमलिनु ठुलो कुरा होईन त्यसलाई व्यवहारमा उतारी फाईदा लिनु ठूलो कुरा हो भन्नु भयो । लवग्रीन नेपालले विगत ३ वर्ष देखि पाँचखाल नगरपालिकामा रासायनिक मल तथा विषादी न्यूनीकरणका लागि वातावरण मैत्री दिगो एकीकृत दिगो कृषिविकास परियोजना संचालन गरि रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार