२०८१ कार्तिक १६, शुक्रबार | Fri, 01, Nov, 2024

काभ्रेमा निःशुल्क सुचिकार तालिम, दक्ष जनशक्तिलाई रोजगारीको ग्यारेन्टी- सापकोटा


३११९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • कभ्रे । काभ्रे जिल्लाको धुलिखेलमा निःशुल्क सुचिकार तालिम संञ्चालन भएको छ । तालिमले गर्दा बेरोजगारको चपेटामा परेकाहरुले आत्मनिर्भर हुने अवसर जुटेको छ ।

    नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत अक्सफोर्ड एडभान्स इञ्जिनियरिङ्ग कलेज द्वारा काभ्रेको धुलिखेल वडा नं.७ स्थित उद्योग वाणिज्य संघको हलमा संचालित ३ महिने निशुल्क सूचिकार तालिममा २० जना सहभागिहरु रहेका छन् ।

    सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समिति बाट खटिइ आउनु भएका धनेश्वरी बासुकला र समिक्षा शाह पौडेलले सिप परिक्षण गर्नु भएको थियो । त्यसैगरी पाँचखाल वडा नं.१२ तिनघरेमा संचालित ३ महिने निशुल्क वेमौसमि तरकारी उत्पादन तालिमका २० जना सहभागिहरु का लागि २०७७ चैत्र १० गतेका दिन सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समिति बाट खटिइ आउनु भएका प्रविन सापकोटा र रामकृष्ण ढकालले सीप परिक्षण गर्नु भएको थियो ।

    सीप परिक्षणमा पास भएमा पशिक्षार्थि सहभागिहरुले सि.टि.ई.भि..टि.को तह—१,को प्रमाण पत्र पाउनेछन् । वेरोजगार युवाहरुलाई रोजगारमूलक सीपमूलक तालिम दिएर सीप र ज्ञान दिई दक्ष प्राविधिक वनाई रोजगारमा लगाउने यस परियोजनाको उद्देश्यअनुरुप अव ४० जना नै सहभागिहरु रोजगारमा लागि सक्षम रहने साथै तालिम प्राप्त जनशक्तिहरुलाइ रोजगारीको वातावरणको लागि अफुले व्यवस्था मिलाउने तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले वताउनु भयो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार