अझै पनि ओछ्यानमै उपचार गराइरहेका उनलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याएका थिए । सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिएकी थिइन् । मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उनले बताइन् ।
मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको सो अवसरमा उनले बताइन् । बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए ।
कार्यक्रममा नगरपालिकाका संस्थापक प्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) हुनुभएका सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती ‘बनेपा सेवा पदक’द्वारा सम्मानित भएका छन् ।
प्रतिक्रिया दिनुहोस