२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

भारतमा एकैदिन ६८ हजार २०६ संक्रमित


२१९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १६, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि आइतबार यो वर्षकै दोस्रो धेरै ६२ हजार ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ३९ हजार २१० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख २३ हजार ६०२ छ ।

    यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २९५ जनाको मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार