२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

दन्त शिविरमा दुई सय जनाले सेवा लिए


२८५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र २८, शनिबार मा प्रकाशित ३ साल अघि
  • नगेन्द्र अधिकारी
    दाप्चा- नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्य चौकीमा भएको दन्त शिविरमा दुई सय जनाले सेवा लिएका छन् । नेपाल भूतपूर्व सैनिक संघ काभ्र्रेपलाञ्चोकको आयोजना, लायन्स क्लव अफ काठमाडांै कञ्चनजंघा र समाज डेन्टर हस्पिटलको प्राविधिक सहयोगमा शुक्रवार र शनिवार सञ्चालित शिविरमा २ सय जना लाभान्वित भएको आयोजक संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालले जानकारी दिनुभयो ।पहिलो दिन एक सय १० जनाले सेवा लिएको दाप्चा स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेव (अधिकृत) बलराम पौडेलले जानकारी दिनुभयो ।
    डा. अंकित ज्ञवाली, डा. विवश राई, डा. रविना शाक्यसहितको ८ सदस्यीय मेडिकल टिमले सेवा दिएको लायन्स क्लव अफ काठमाडौंका अध्यक्ष समेत रहेका कार्यक्रम संयोजक शिव अधिकारीले जानकारी दिनुभयो । दात निकाल्ने, भर्ने, सफा गर्ने लगायतका सेवा दिएर औषधी समेत निशुल्क वितरण गरेको दाहालले जानकारी दिनुभयो ।
    कार्यक्रमको उद्धघाटन नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातले गर्नुभयो । कार्यक्रम आयोजना गरेको भूतपूर्व सैनिकहरुलाई धन्यवाद दिदै उहाँले नेपाली कांग्रेसले वीपीबाद अनुशरण गर्नुपर्ने बताउनुभयो । नेपाल कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्यले दातको समस्याले ठूलो पीडा दिने भन्दै कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।

    कार्यक्रममा पूर्वसभासद् हर्षजित लामा, दाप्चाका स्थानीय पार्टी प्रतिनिधीहरु, जिल्लाका भूतपूर्व सैनिकहरुको उपस्थिती थियो । भूतपूर्व सैनिक संघ काभ्रेका सचिव राजु सिग्देलले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्व सूरक्षाकर्मी परिषदका केन्द्रीय सदस्य समेत रहनुभएका संघका जिल्ला सदस्य हेमशंकर गिरीले स्वागत गर्नुभएको थियो ।
    नेपाली कांग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ काभ्रेले आर्थिक सहयोग जुटाएर जिल्लास्थित पार्टी कार्यालयमा महामानव वीपी कोइरालाको अर्धकदको शालिक निर्माण गर्दैछ । करिब १७ लाख अनुमान गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार