२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

तेमालमा ड्रेश मेकर तालिम


३२४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ३०, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । कभ्रेको तेमाल गाउंपालिकामा रहेका वेरोजगार युवा युवतीहरुलाई रोजगारी दिने उद्देश्यले तालिम प्रदान गरीएको छ ।
    नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि (इभेन्ट) परियोजना अन्तर्गत एन.आई.टि. भि.टि. द्वारा उक्त तालिम प्रदान गरीएको हो ।


    ३ महिने निशुल्क ड्रेश मेकर (सिलाई कटाई) तालिममा तेमाल गाउँपालिका वडा नं.५ नारायणस्थानका १९ जना र रोशि गाउँपालिका वडा नं.७, कटुञ्जेवजारमा ३७ जना सहभागि रहेका थिए । तालिममा सहभागिहरुलाई सि.टि.ई.भि.टि. को राष्ट्रिय सीप परिक्षण समिति बाट खटिइ आउनु भएका म्यानेजर तथा एसेसर रविकृष्ण सुवाल र एसेसर रत्न काजी कपालीद्वारा तालिम प्रदान गरीएको थियो ।
    तालिमलाई थप व्यवस्थित साथै मयादीत बनाउनको लागि केन्द्राध्यक्षमा अर्जुन प्रसाद सापकोटाले भुमिका निर्वाह गर्नुभएको थियो । सीप परिक्षणमा पास भएमा पशिक्षार्थि सहभागिहरुले सि.टि.ई.भि..टि.को तह—१,को प्रमाण पत्र पाउनेछन् । वेरोजगार युवाहरुलाई रोजगारमूलक सीपमूलक तालिम दिएर ज्ञान र सीप दिई दक्ष प्राविधिक वनाई रोजगारमा लगाउने परियोजनाको उद्देश्य अनुरुप अव ५६ जना नै सहभागिहरु रोजगारमा लागि सक्षम रहेको तालिम संयोजक अर्जुन प्रसाद सापकोटाले वताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार