३१ चैत, काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
कौडेना गाउँपालिका–३ ईनर्वाका २५ वर्षीय वीरेन्द्र ठाकुरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । फर्निचर उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शुभम् अस्पताल कौडेनामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस